FAQs Complain Problems

समाचार

ग्यालरी

आज मिति २०८१।०१।२९ गते शहिद लखन गाउँपालिकाद्वारा आयोजित "शहिद लखन गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सार्वजनिक खरिद सम्बन्धी २ दिने तालिम" सम्पन्न भयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह-सचिव श्री कृष्णराज पन्त, सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक  श्री सपना अधिकारी, को .ले.नि.का, गोरखाका प्रमुख कोष नियन्त्रक श्री महेन्द्रप्रसाद भण्डारी, जिल्ला समन्वय समितिको कार्यालय, गोरखाका जिल्ला समन्वय अधिकारी श्री श्रीधर पन्थी द्वारा प्रशिक्षण रहेको यस कार्यक्रममा यस गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत , गाउँ कार्यपालिका सदस्य, भिमसेनथापा गाउँपालिकाका प्र

, , , , , , , , , , , , , ,

आज मिति २०८१।०१।२५ गते शहिद लखन गाउँपालिकाद्वारा "शहिद लखन गाउँपालिकाका विद्यार्थीसंग अध्यक्ष कार्यक्रम" सम्पन्न गरियो । यस कार्यक्रममा शहिद लखन गाउँपालिकाका अध्यक्ष ,उपाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत , गाउँ कार्यपालिका सदस्य, शिक्षा समितिका पदाधिकारीहरु, गाउँपालिका भित्रका विद्यालयका शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो । साथै यस कार्यक्रममा गाउँपालिका भित्रका जेहेन्दार, प्रतिभावान र  विपन्न विद्यार्थीलाई झोला लगायत विभिन्न शैक्षिक सामाग्रि हस्तान्तरण गरियो ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मिति २०८१।०१।२० गते देखी शहिद लखन गाउँपालिका भित्रका  नवप्रवेशी शिक्षकहरूका लागि संचालन भएको "नवप्रवेशी शिक्षकहरूलाई एकिकृत पाठ्यक्रम (कक्षा १-३) सम्बन्धी कस्टमाइज्ड तालिम"  आज मिति २०८१।०१।२२ गते सम्पन्न भएको छ ।

, , , , , , ,

शहिद लखन गाउँपालिका र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराको आयोजनामा “स्थानीय तहको वडा समितिलाई सहभगितामूलक योजना तर्जुमा र अनुगमन सम्बन्धी २ दिने तालिम" आज मिति २०८१।०१।२० गते शहिद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारी ज्यूको अध्यक्षतामा सम्पन्न गरियो । यस कार्यक्रममा वडा समितिका सदस्यहरू, गाउँ कार्यपालिका सदस्यहरू, वडा सचिवहरू र गाउँपालिका कर्मचारीहरूको उपस्थिति रहेको थियो । प्रशिक्षणमा सहजिकरण गर्नुहुने गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराका प्रशिक्षकहरू दिल प्रसाद मगर र शरद न्यौपाने प्रति हार्दिक आभार व्यक्त गर्दछौ ।

, , , , , , , , , , , , , , , , , ,

"हाम्रो समस्या हाम्रै समाधान: मेलमिलाप" भन्ने मुल नाराका साथ शहिद लखन गाउँपालिका न्यायिक समितिको आयोजनामा मिति २०८१।०१।११ देखि २०८१।०१।१७ गतेसम्म गाउँपालिका भित्रका मेलमिलापकर्ताका लागि सञ्चालन भएको ४८ घण्टे आधारभूत तालिम आज सम्पन्न भएको छ ।

, , , , , , , , , , , , , , , , ,

आज मिति २०८१ बैशाख १२ गते शहिद लखन गाउँपालिका भित्रका उद्यमशिल महिला र नागरिक सचेतना केन्द्रका पदाधिकारीहरूलाई क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरियो ।

, ,

नेपालका लागि अमेरिकी राजदुत महामहिम डिन आर. थम्पसन तथा पिस कोर नेपालबाट आउनुभएका प्रतिनिधि ज्यूहरुले श्री जनशक्ति माध्यमिक विद्यालय, शहिद लखन गाउँपालिका ९ नामजुङको अवलोकन भ्रमण गर्नुभएको छ। यसै अवसरमा विद्यालयको भौतिक तथा शैक्षिक पक्ष, विद्यालयमा कार्यरत पिस कोर स्वयम्सेवकबाट सम्पादित कार्यहरुको जानकारी लिनुभएको थियो। सो अवसरमा शहिद लखन गाउँपालिकाका आदरणीय अध्यक्ष रमेश बाबू थापा मगर, जिल्ला समन्वय उपप्रमुख लिला परियार, वडाअध्यक्ष रामकुमार श्रेष्ठ,  शिक्षा शाखा प्रमुख राजेन्द्र खनाल विद्यालयका प्रधानाध्यापक सहित शिक्षक, विद्यालय व्यवस्थापन समिति सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

, ,

आज मिति २०८०/१२/२५ गते यस शहिद लखन गाउँपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम २ नं वडा कार्यालयमा सम्पन्न् गरियो । यस शहिद लखन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, १ देखि ९ वडाका वडाध्यक्ष, गाउँ कार्यपलिका सदस्यहरू र शाखा प्रमुख उपस्थिति रहि स्थानीयहरूसंग प्रत्यक्ष अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न गरियो ।

, , , , , ,

शहिद लखन गाउँपालिका वडा नं. ८ मा अवस्थित रामेश्वरी मा.वि. मा जापान सरकारको अनुदान सहयोग तथा चाइल्ड फर जापान र  एकीकरण नेपालको प्राविधिक सहयोगमा नव निर्मित चार कोठे आरसीसी भवनको आज मिति २०८०।१२।१५ का दिन उक्त विद्यालयका वि.व्य.स. अध्यक्ष श्री ज्ञान बहादुर रम्तेलको अध्यक्षतामा नेपालका लागि जापानका महामहिम राजदुत किकुता युताकाको प्रमुख आतिथ्यता तथा गा.पा. का अध्यक्ष श्री रमेशबाबु थापा मगर, गोरखाका प्र.जि.अ. श्री भोला दाहाल, गा.पा.का.

, , , , , , , , , ,

Pages