FAQs Complain Problems

समाचार

ग्यालरी

"हाम्रो समस्या हाम्रै समाधान: मेलमिलाप" भन्ने मुल नाराका साथ शहिद लखन गाउँपालिका न्यायिक समितिको आयोजनामा मिति २०८१।०१।११ देखि २०८१।०१।१७ गतेसम्म गाउँपालिका भित्रका मेलमिलापकर्ताका लागि सञ्चालन भएको ४८ घण्टे आधारभूत तालिम आज सम्पन्न भएको छ ।

, , , , , , , , , , , , , , , , ,

आज मिति २०८१ बैशाख १२ गते शहिद लखन गाउँपालिका भित्रका उद्यमशिल महिला र नागरिक सचेतना केन्द्रका पदाधिकारीहरूलाई क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरियो ।

, ,

नेपालका लागि अमेरिकी राजदुत महामहिम डिन आर. थम्पसन तथा पिस कोर नेपालबाट आउनुभएका प्रतिनिधि ज्यूहरुले श्री जनशक्ति माध्यमिक विद्यालय, शहिद लखन गाउँपालिका ९ नामजुङको अवलोकन भ्रमण गर्नुभएको छ। यसै अवसरमा विद्यालयको भौतिक तथा शैक्षिक पक्ष, विद्यालयमा कार्यरत पिस कोर स्वयम्सेवकबाट सम्पादित कार्यहरुको जानकारी लिनुभएको थियो। सो अवसरमा शहिद लखन गाउँपालिकाका आदरणीय अध्यक्ष रमेश बाबू थापा मगर, जिल्ला समन्वय उपप्रमुख लिला परियार, वडाअध्यक्ष रामकुमार श्रेष्ठ,  शिक्षा शाखा प्रमुख राजेन्द्र खनाल विद्यालयका प्रधानाध्यापक सहित शिक्षक, विद्यालय व्यवस्थापन समिति सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

, ,

आज मिति २०८०/१२/२५ गते यस शहिद लखन गाउँपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम २ नं वडा कार्यालयमा सम्पन्न् गरियो । यस शहिद लखन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, १ देखि ९ वडाका वडाध्यक्ष, गाउँ कार्यपलिका सदस्यहरू र शाखा प्रमुख उपस्थिति रहि स्थानीयहरूसंग प्रत्यक्ष अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न गरियो ।

, , , , , ,

शहिद लखन गाउँपालिका वडा नं. ८ मा अवस्थित रामेश्वरी मा.वि. मा जापान सरकारको अनुदान सहयोग तथा चाइल्ड फर जापान र  एकीकरण नेपालको प्राविधिक सहयोगमा नव निर्मित चार कोठे आरसीसी भवनको आज मिति २०८०।१२।१५ का दिन उक्त विद्यालयका वि.व्य.स. अध्यक्ष श्री ज्ञान बहादुर रम्तेलको अध्यक्षतामा नेपालका लागि जापानका महामहिम राजदुत किकुता युताकाको प्रमुख आतिथ्यता तथा गा.पा. का अध्यक्ष श्री रमेशबाबु थापा मगर, गोरखाका प्र.जि.अ. श्री भोला दाहाल, गा.पा.का.

, , , , , , , , , ,

आज मिति २०८०।१२।०२ गते शहिद लखन गाउँपालिकाको शैक्षिक सत्र २०८० को कक्षा ५ र ८ को वार्षिक परीक्षा सञ्चालनको सन्दर्भमा परीक्षा समिति तथा केन्द्राध्यक्षहरुको संयुक्त बैठक आधारभूत शिक्षा उत्तीर्ण परीक्षा समितिका संयोजक शहिद लखन गाउँपालिकाका आदरणिय प्रमुख प्रशासकीय अधिकृत श्री बाबुराम मगरको अध्यक्षतामा तथा उपाध्यक्ष इन्दिरा तिवारीको विशेष उपस्थितिमा सम्पन्न भयो साथै गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको यस कार्यक्रममा सम्पुर्ण विद्यालयलाई प्रारम्भिक बाल विकास कक्षाका लागि शैक्षिक सामाग्रि हस्तान्तरण गरियो ।

, , , , , , , , , ,

शहिद लखन गाउँपालिका भित्रका एकल महिलाहरूलाई वित्तीय सारक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम
मितिः २०८० फागुन २२ र २३ गते

, , , , , , , , , , , ,

आज मिति २०८०।११।३० गते शहिद लखन गाउँपालिकाको गाउँ सभाको चौधौँ अधिवेशनको दोस्रो बैठक र आर्थिक वर्ष २०८०।०८१ को अर्ध वार्षिक समिक्षा कार्यक्रम यस शहिद लखन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगर ज्यू को अध्यक्षतामा सम्पन्न गरिएको छ ।
गाउँपालिकाका उपध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, १ देखि ९ नं वडाका वडाध्यक्ष, गाउँ कार्यपालिका सदस्यहरु, न्यायिक समितिका सदस्य, विषयगत शाखाका प्रमुखज्यूहरुको तथा कर्मचारीहरुको उपस्थिति रहेको यस कार्यक्रममा शाखा प्रमुख र वडा सचिवहरुले अर्ध वार्षिक प्रगति विवरणका बारेमा प्रस्तुति दिएका थिए ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मिति फागुन १६ र १७ गते यस गाउँपालिका अन्तरगत रहेका आधारभूत तहका शिक्षकहरूलाई एकिकृत पाठ्यक्रम (कक्षा १-३) सम्बन्धी कस्टमाइज्ड तालिम प्रदान गरियो । प्रशिक्षणमा सहजीकरण गर्नुहुने शिक्षा तालिम केन्द्र, तनहुँका शाखा अधिकृत दामोदर कार्की प्रति हार्दिक आभार व्यक्त्त गर्दछौ ।

, , , , ,

Pages