FAQs Complain Problems

समाचार

ग्यालरी

शहिद लखन गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा "गुणस्तरिय स्वास्थ्यको लागि आफ्नै पहल" भन्ने नाराका साथ सेवाको पहुँच तथा उपयोगमा बृद्धि गराउने अभिप्रायले शहिद लखन गाउँपालिकाको ३,५,७ नं वडामा मिति २०८०।२।२२ देखि २०८०। २।२५ सम्म "समता र पहुँच सामाजिक नक्साङ्कन कार्यक्रम" र "नव शिशु ,बालरोगको एकिकृत ब्यबस्थापन तथा मातृ स्वास्थ कार्यक्रम" सन्चालन गरियो ।

, , , , , , , , , , , , , , , , , ,

मिति २०८०|०२|२५ गते यस शहिद लखन गाउँपालिकाको आयोजनामा ३ नं. वडाका वडा अध्यक्ष श्री दिपक पाण्डेको अध्यक्षता तथा प्रमुख अथिति इन्दिरा तिवारी (उपाध्यक्ष) अथिति प्रेम गुरुङ (१ नं. वडाध्यक्ष),कार्यक्रम संचालक कृष्ण प्रसाद अर्याल लगायत जनप्रनिधि, नागरिक, व्यवसायी तथा सरोकारवालाहरुको उपस्थितिमा स्थानीय तहका करका दर, दायरा तथा गा.पा.को राजश्वको अवस्थाको बारेमा अन्तरक्रिया गरी राजश्व सुधारका लागि जनतासंग गाउँपालिका कार्यक्रम सम्पन्न भयो। समन्वय गरिदिने वडा कार्यालयहरु तथा उपस्थित करदाता तथा वडावासीहरु सम्पूर्णलाई धन्यवाद।

, , , , , , , , , , ,

हामी सबै श्रमदानमा जुटाैं 

सिंजाली मा. वि. भवन निर्माणको लागि विद्यालयले सम्पन्न गर्नु पर्ने जग्गा ब्यवस्थापन, साइड क्लिरियन्स तथा वरपरको घर टहरा ब्यबस्थापन गर्न श्रमदानमा जुट्नु भएका जनसमुदाय, निर्माण समिति, अभिभावक ज्यूहरु साथै यस अभियानलाई हौसला प्रदान गर्न पुग्नु भएका शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडा नं ६,९,४ का वडा अध्यक्ष क्रमशः दिलिप नारायण थापा मगर, राम कुमार श्रेष्ठ, यम बहादुर थापा लगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।

सबैले हातेमालो गरि श्रमदान गरौ उदाहरणीय बनौ, श्रम बाट नै विकास सम्भव छ ।

, , , , , , , , , , , , ,

आज मिति २०८०।०२।२४ गते यस शहिद लखन गाउँपालिकाद्बारा आयोजना गरिएको " शहिद लखन गाउँपक‍ालिकाको दलित समुदायको हकहित सम्बन्धी अभिमुखिकारण कार्यक्रम " यसै गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, १,५,७ का वडाध्यक्ष क्रमश : प्रुेम गुरुङ्ग, यम बहादुर राना मगर र शरण श्रेष्ठ तथा गाउँ कार्यपालिका सदस्य बिमला ढुंगाना अंगाई, शोभा नेपाली, हस्त कुमारी गुरुङ साथै गोरखा जिल्ला बाट पाल्नु भएका प्रशिक्षक अधिभक्ता रमेश विश्वकर्मा को उपस्थितिमा यस कार्यक्रम सम्पन्न भएको छ । १०० भन्दा बढि जनसहभागिता रहेको यस कार्यक्रमबाट दलित समुदायको हकहित, अधिकार र पहुँच बढ्नेछ भन्ने विश्वाष राखेका छौ

, , , , , , , , , , , , ,

आज मिति २०८०।०२।२४ गते यस शहिद लखन गाउँपालिकाको आयोजनामा ७ नं. वडाका वडा अध्यक्ष श्री शरण श्रेष्ठ ज्यू, प्रमुख अथिति रमेश बाबु थापा मगरज्यू(अध्यक्ष) तथा विशेष अथिति इन्दिरा तिवारीज्यू (उपाध्यक्ष) लगायत ७,८ र ९ नं. वडाका नागरिक, व्यवसायी तथा सरोकारवालाहरुको उपस्थितिमा स्थानीय तहका करका दर, दायरा तथा गा.पा.को राजश्वको अवस्थाको बारेमा अन्तरक्रिया गरी राजश्व सुधारका लागि जनतासंग गाउँपालिका कार्यक्रमको दोस्रो दिन सम्पन्न भएको छ। समन्वय गरिदिने वडा कार्यालयहरु तथा उपस्थित सम्पूर्ण करदाता तथा वडावासीहरु प्रति हार्दिक आभार प्रकट गर्दछौ ।

, , , , , , , , ,

मिति 2080/02/23 गते यस शहिद लखन गाउँपालिकाको ६ नं. वडा कार्यलयमा कार्य वहाक वडाध्यक्ष श्री नर ब. पुडासैनीको अध्यक्षता, प्रमुख अथिति रमेश बाबु थापा मगर( अध्यक्ष) तथा विशेष अथिति प्र.प्र.अ. श्री बाबुराम मगरज्यूको उपस्थितिमा स्थानीय तहका करका दर, दायरा तथा  गाउँपालिकाको राजश्वको अवस्थाको बारेमा छलफल गरी राजश्व सुधारका लागि जनतासंग गाउँपालिका कार्यक्रम सम्पन्न। वेस्तताका वावजुत पनि उल्लेख्य सहभागिता भएकोमा सबैलाई धन्यवाद।

, , , , , , , ,

शहिद लखन गाउॅंपालिका खोप समन्वय समिति संयोजक ( गाउॅंपालिकाको आदरणीय अध्यक्ष) श्री रमेश बाबु थापा मगर ज्यूको अध्यक्षतामा पुर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न गरियो । हाम्रो निमन्त्रणालाई स्वीकार गरेर कार्यक्रमलाई सफल वनाउन उपस्थित हुनु भएका स्वास्थ्य कार्यालय गोरखाको ज.स्वा.नि. नानि वावु दानि , प्र.प्र.अ. बाबुराम मगर, वडा अध्यक्षहरू दिलिप थापा र वासुदेव ढकाल , कार्यपालिका सदस्यहरू कृष्ण प्रजा र लुना थापा , वडा नं ६ का वडा सदस्यहरू , सवै स्वास्थ्यकर्मी साथीहरू , स्वयम सेविकाहरू र वडा नं ६ का आमा , दिदि वहिनिहरू समपुर्णमा हार्दिक आभार प्रकट गर्दछौ ।

, , , , , , , , , , , , , , , , , , , , ,

शहिद लखन गाउँपालिका, गोरखाको आयोजनामा शहिद लखन गाउँपालिका भित्र कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुको संस्थागत क्षमता विकास सम्बन्धि दुई दिने तालिम कार्यक्रमको पहिलो दिन शहिद लखन गाउँपालिकाका अध्यक्ष श्री रमेश बाबु थापा मगर, प्रमुख प्रशासकीय अधिकृत श्री बाबुराम मगर तथा नेपाल कृषि सहकारी केन्द्रिय संघका संचालक समिति सदस्य श्री कृष्ण बाबु श्रेष्ठको उपस्थितिमा जिल्ला सहकारी संघ, गोरखाका अध्यक्ष श्री बाबुराम कोइराला तथा जिल्ला सहकारी संघ, गोरखाका उपाध्यक्ष श्री रामबाबु श्रेष्ठको प्रशिक्षणमा सम्पन्न भयो । (मितिः २०८० जेठ १७ गते)

, , , , , , , ,

शहिद लखन गाउँपालिकाभित्रका एकल महिलाहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष श्री इन्दिरा तिवारीज्यूको अध्यक्षतामा प्रमुख अतिथि शहिद लखन गाउँपालिकाका अध्यक्ष श्री रमेश बाबु थापा मगर, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बाबुराम मगर, वडा नं ४ का वडा अध्यक्ष श्री याम बहादुर थापा लगायतका व्यक्तित्वहरुबो उपस्थिति रहेको थियो। कार्यक्रममा प्रशिक्षक श्री सन्जय राना मगर र श्री अमिन गुरुङ्गले वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण प्रदान गर्न भयो। (मितिः २०८०।०२।१९)

, , , , , , ,

योग शिक्षा तथा आयुर्वेद सम्बन्धी ज्ञानलाई विद्यालयको तहमा पुर्याउन शहिद लखन गाउँपालिकाको समन्वय तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, गोरखाको आयोजनमा मिति २०८०।०२।११ देखी आजको मिति २०८०।०२।१४ गते सम्म यस गाउँपालिका भित्रका रहेका आधारभूत तह (कक्षा १-८) तथा माध्यमिक तह सञ्चालित विद्यालयका शिक्षकहरुलाई "विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम" सम्बन्धी ४ दिने तालिम सम्पन्न गरियो ।

साथै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, गोरखावाट पाल्नुभएका प्रशिक्षक तथा कर्मचारीहरु प्रति आभार व्यक्त्त गर्दछौ ।

, , , , , , , , , , ,

Pages