मिति २०८२।०१।१३ गते शहिद लखन गाउँपालिका–०६ घलेडाँडा स्थित कफी भवनमा गाउँपालिकाका आदरणीय अध्यक्ष श्री रमेश बाबु थापा मगरज्यूको अध्यक्षतामा रासायनिक मल सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
शहिद लखन गाउँपालिका तथा केन्द्रीय रिफरल पशु चिकित्सालयको संयुक्त आयोजनामा सामुदायिक कुकुरहरूको नि:शुल्क बन्ध्याकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो। यो कार्यक्रम चैत्र ६ देखि ८ गतेसम्म सञ्चालन गरिएको थियो। यस शिविरमा जम्मा २०८ ओटा कुकुरहरूको बन्ध्याकरण गरिएको थियो, जसमा ८२ ओटा पोथी र १२६ ओटा भाले कुकुर समावेश थिए।