FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

शहिद लखन गाउँपालिका नेपालको संविधान २०७२ को कार्यान्वयनको क्रममा स्थानीय तहको गठन आदेश बमोजिम मिति २०७३ फाल्गुन २७ गते गठन भएको हो। गोरखा जिल्लालो दक्षिणपूर्वी भागमा रहेको यस गाउँपालिकामा साविकका बक्राङ्ग, मनकामना, ताक्लुङ्ग, घैरुङ्ग, बुंकोट र नामजुङ्ग गा.वि.स.हरु समावेश भइ यस गाउँपालिकाको गठन भएको हो। यस क्षेत्रफल १४९।०३ वर्ग कि.मि. र जनसंख्या २७,५५५ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा भिमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिकार धादिङ्ग जिल्ला, पश्चिममा गोरखा नगरपालिका र तनहुँ जिल्ला, उत्तरमा भिमसेन थापा गाउँपालिका र गोरखा नगरपालिका, दक्षिणमा गण्डकी गाउँपालिका, तनहुँ जिल्ला र चितवन जिल्ला रहेको छ। यस गाउँपालिकामा मगर, गुरुङ्ग, नेवार, क्षेत्री, ब्राम्हण, चेपाङ्ग र दलितहरुको मुख्य बसोवास रहेको छ भने अन्य जातिहरुमा बराम, मुस्लिम, माझी आदिको पनि बसोबास रहेको छ।

यस गाउँपालिका बुढीगण्डकी, त्रिशुली, दौदी र लुदी खोला र ज्यादुल खोलाको बीचमा अवस्थित रहेको छ। यस बाहेक ज्यादुल खोला, बही खोला, जुग्दी खोला, राङ्दी खोला यस गाउँपालिकाका मुख्य नदीहरु हुन्। यिनै नदीहरुको ज्यादुल खोला, किनारमा ज्यादुल फाँट, बराह फाँट, माझिटार, लुदी फाँट, करनटार, जुग्दीफाँट, कल्लेरी फाँट, गह्रौथली फाँट, सिलिङ्गटार, ठेउवाटार आदि जस्ता उर्बर भूमि रहेका छन्। यहाँका प्रसिद्ध धार्मिक तथा सांस्कृतिक तिर्थ स्थलहरुमा मनकामना मन्दिर, त्रिवेणी मन्दिर, बक्रेश्वरी मन्दिर, सिद्ध लखन गुफा, हिमालामाई मन्दिर, अर्लाङ्दी माफको मन्दिर भिमविरेश्वर महादेव, कोटकाली, थानीथान, सन्तानेश्वर महादेवको मन्दिर, वर्चुली थान, बालेश्वरी मन्दिर मकैपुर श्री बौद्धनाथ गुम्बा आदि रहेका छन्। नेपालकै प्रथम शहिद लखन थापा मगर र जैयसिंह चुमी मगरको रगतले सिंचित बुंकोटको काहुले भंगार अर्को ऐतिहासिक पर्यटकीय गन्तब्य स्थल हो।

शहिद लखन गाउँपालिकाको विस्तृत विवरण

क्र.सं. नयाँ वडा समावेश गा.वि.स. जनसंख्या क्षेत्रफल (वर्ग कि.मी.)
बक्राङ्ग(१-९) ३०१९ २६.९
मनकामना(१,२,४,५) २६८२ ६.८३
मनकामना(३,६-९) ३५२१ २४.३
ताक्लुङ्ग(१-४) २७८६ १२.२
ताक्लुङ्ग(५-९) २२४२ १३.५
घैरुङ्ग(१-९) ३९९० २०.८
बुंकोट(१-४) ३५५० १४.८
बुंकोट(५-९) २७१० १३.४
नामजुङ्ग(१-९) ३०५५ १६.३
जम्मा २७५५५ १४९.०३

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

जन प्रतिनिधि

वडा कर्मचारी