शहिद लखन गाउँपालिकाको आयोजनामा आयोजित दुई दिने एकिकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम शहिद लखन गाउँपालिकाका आदरणिय अध्यक्ष रमेश बाबु थापा मगर , उपाध्यक्ष इन्दिरा तिवारी, प्र.प्र.अ. बाबुराम मगर, शिक्षा अ. राजेन्द्र खनाल, सहजकर्ता शिक्षा तालिम केन्द्रका अधिकृत दामोदर कार्कि, शिक्षा समन्वयनकर्ता मोहनराज बिष्ट, सूचना प्र. अ. अर्बिन थापा लगायत गाउँपालिका भित्र रहेका विद्यालयका सहभागी शिक्षकहरु बिच आज मिति २०८०।०३।१४ गतेका दिन उद्घाटन गरीयो र यस तालिम २ दिन सम्म सञ्चालन हुनेछ ।
आधारभूत तथा माध्यमिक तहका IT स्राेत शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धि २ दिने क्षमता विकास तालिम श्री हिमालय माध्यमिक विद्यालय शहिद लखन गापा ६ घैरुङ्गमा सम्पन्न भएकाे छ। तालिममा शिक्षा तालिम केन्द्र दमाैलिबाट विदुरहरी आचार्य तथा शिक्षक अनुपबाबु श्रेष्ठले सहजीकरण गर्नुभएकाे थियाे ।