मिति २०८२।०१।१९ गतेका दिन शहिद लखन गाउँपालिकाका आदरणीय अध्यक्ष श्री रमेश वावु थापा मगर ज्यूको अध्यक्षतामा तथा गोरखा अस्पतालका डा. सन्तोष सिटौला र गाउँपालिकाका डा. प्रतिक्षा ढकालको नेतृत्वमा रहेको प्राविधिक टोलीले प्रविधिक सहयोगमा वडा नं. २ बेतिनि र वडा नं. ४ को कार्यालय परिसरमा नसर्ने रोगको स्क्रिनिङ तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा गरिएका मुख्य जाँचहरू:
✔ कुल २२१ जनाको स्वास्थ्य परीक्षण
✔ Lipid profile, Blood sugar, Uric acid
✔ Liver function test, Renal function test
उपलब्धिहरू:
✔ ५८ जना नयाँ उच्च रक्तचाप विरामी पहिचान
मिति २०८२।०१।१५ गते शहिद लखन गाउँपालिकाद्वारा आयोजित पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चिता कार्यक्रम गाउँपालिका उपाध्यक्ष श्री इन्दिरा तिवारीज्यूको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति गोरखाका प्रमुख श्री मोहन बहादुर थापा मगरज्यू प्रमुख अतिथिको रुपमा सम्पन्न भयो। यसै अवसरमा शहिद लखन गाउँपालिका गोरखा जिल्लाकै "पूर्ण खोप पालिका" घोषणा गर्ने पहिलो पालिका भएको छ।
आज मिति २०८२।१।११ गते शहिद लखन गाउँपालिका तथा प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराको संयुक्त आयोजनामा "पारिवारिक तथा जनसांख्यिकीय लागत संकलन अध्ययनको नतिजा प्रकाशन" कार्यक्रम यस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बाबुराम मगरज्यूको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा वडाध्यक्षज्यूहरू, प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराबाट श्री प्रविण भण्डारी, प्रदेश जनस्वास्थ्य कार्यालय, गोरखाबाट श्री नानि वावु दानि, श्री स्मृति चौधरी, स्वास्थ्य शाखा प्रमुख श्री वीरेन्द्र श्रेष्ठ तथा गाउँपालिकाभित्रका सबै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू सहभागिता जनाउँदै सहजीकरण गर्नुभएको थियो।
शहिद लखन गाउँपालिका र श्री रिपुमर्दन गण, गोरखाको संयुक्त आयोजनामा मिति २०८१/१२/०१ र ०२ गते घैरूङ्ग स्वास्थ्य चौकीमा वृहत स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भयो।
शिविरमा सेवा प्राप्त गर्नेहरू:
कुल: ५२५ जना (महिला: ३५८, पुरुष: १६७)
प्रदान गरिएका सेवाहरू:
दन्त स्वास्थ्य सेवा: १० जना
स्त्री रोग सम्बन्धी सेवा: ९० जना
हाडजोर्नी सम्बन्धी सेवा: १४९ जना
छाला रोग सम्बन्धी सेवा: २२ जना
अन्य रोगहरू सम्बन्धी सेवा: २५४ जना
विशेष परीक्षणहरू:
पाठेघरको मुखको क्यान्सर परीक्षण: ४१ जना
प्रयोगशाला परीक्षण: ७३ जना