समाचार
आ.व. २०८१/८२ का चालु योजनाहरूको प्रगति तथा अवस्थितिबारे समीक्षा एवं छलफल कार्यक्रम
आज मिति २०८२।०२।०६ गते गण्डकी प्रदेश सभाका माननीय सभामुख कृष्ण प्रसाद धितालज्यूको अध्यक्षतामा आ.व. २०८१/८२ का चालु योजनाहरूको प्रगति तथा अवस्थितिबारे समीक्षा एवं छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा जिल्ला समन्वय समिति, गोरखा उपप्रमुख श्री लिला परियार, गाउँपालिकाका अध्यक्ष श्री रमेश वावु थापा मगर, गाउँपालिकाका उपाध्यक्ष श्री इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू, गोरखा जिल्लाभित्रका विभिन्न सरकारी कार्यालयका प्रमुखहरू तथा गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।