समाचार
आ.व. २०८२।०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम
आज मिति २०८२।१२।२६ गते शहिद लखन गाउँपालिका–८ स्थित जाइका भवन, खाव्दीभञ्ज्याङमा यस गाउँपालिकाको आ.व. २०८२।०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सहमत मिडिया प्रा.लि. को सहजिकरणमा सम्पन्न भयो। यस कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्पूर्ण वडाध्यक्षज्यूहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, शाखा प्रमुखहरू, गाउँपालिका स्तरीय विभिन्न राजनीतिक दलका प्रमुखहरू तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस कार्यक्रममा चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधि सम्ममा सम्पन्न गरिएका कार्यहरूको प्रगति, बजेट खर्चको विवरण, सार्वजनिक सेवा प्रवाहको वर्तमान अवस्था तथा नागरिकहरूबाट प्राप्त सुझाव, जिज्ञासा र गुनासाहरूको खुला रूपमा सुनुवाई तथा छलफल गरिएको थियो। यस सार्वजनिक सुनुवाई कार्यक्रमले गाउँपालिकाको कार्यप्रणालीलाई अझ पारदर्शी, जवाफदेही, उत्तरदायी तथा जनमुखी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्वास लिइएको छ।
कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरूमा गाउँपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं।

