समाचार
गाउँ सभाको १८औँ अधिवेशन
आज मिति २०८२।०९।०९ गते शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षतामा गाउँ सभाको १८औँ अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ। यस बैठकमा गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू, न्यायिक समितिका सदस्यहरू, गाउँ सभा सदस्यहरू, विषयगत शाखाका प्रमुखज्यूहरू, कर्मचारीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
यस बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२, शहिद लखन गाउँपालिकाको गाउँ सभा सचिवालय स्थापना तथा कार्यसञ्चालन कार्यविधि, २०८२ तथा विनियोजन विधेयक, २०८२ (पहिलो संशोधन) पारित गरेको छ। साथै, यसै बैठकमा गाउँपालिका उपाध्यक्षज्यूद्वारा न्यायिक समिति सम्बन्धी प्रतिवेदन तथा आन्तरिक राजश्व सम्बन्धी प्रतिवेदन पेश गरिएको थियो।
सभालाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरूप्रति शहिद लखन गाउँपालिका हार्दिक आभार व्यक्त गर्दछ।