FAQs Complain Problems

समाचार

घर जग्गा नामसारी सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
  • घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
  • निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • मृतक र निवेदकबीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदन दर्ता गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
  • निवेदकले तोकिएको शुल्क बुझाउने
  • चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
  • कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिइनेछ

जन प्रतिनिधि

वडा कर्मचारी