समाचार
जग्गा दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- साबिक लगत प्रमाणित प्रतिलिपि
- फिल्डबुक उतार
- स्थलगत निरीक्षण प्रतिबेदन
- जग्गाको नापी नक्सा
- जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
- स्थानीय सर्जमिन मुचुल्का
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजात पेश गर्ने
- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
- निवेदकले तोकिएको शुल्क बुझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने