समाचार
टोल विकास संस्था र निगरानी महिला समूहका पदाधिकारीहरुलाई क्षमता अभिवृद्वि कार्यक्रम ।
आज मिति २०८०।०९।१८ गते शहिद लखन गाउँपालिका अध्यक्ष श्री रमेश बाबु थापा मगरको अध्यक्षता, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री भोला दाहालको प्रमुख आथित्यता तथा जिल्ला सरकारी वकिल कार्यलय गोरखाका जिल्ला न्यायधिवक्ता श्री सुरेन्द्रराज काफ्ले, जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी उपरिक्षक श्री अनुपम श्रेष्ठ, शहिद लखन गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, १ देखि ९ नं वडाका वडाध्यक्ष, गाउँ कार्यपालिका सदस्यहरु, वडा सचिव साथै पालिका अन्तरगतका टोल विकास संस्था र निगरानी महिला समूहका पदाधिकारीहरुको उपस्थितिमा " टोल विकास संस्था र निगरानी महिला समूहका पदाधिकारीहरुलाई क्षमता अभिवृद्वि कार्यक्रम " सम्पन्न गरियो ।