FAQs Complain Problems

समाचार

दुबै नाम गरेका ब्यक्ति एकै हो भन्ने सिफारिस/फरक जन्ममिति संसोधन सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजपत्र
  • चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद कर निर्धारण स्वीकृति भएको कागजपत्र
  • सम्बन्धित ब्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नुपर्ने
  • आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिबेदन माग गर्न सक्ने
प्रक्रिया: 
  • निवेदन सहित तोलिएको कागजातहरु पेश गर्ने
  • वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदन दर्ता गर्ने
  • तोकिएको कर्मचारीले आवश्यक अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
  • निवेदकले तोकिएको शुल्क बुझाउने
  • चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जन प्रतिनिधि

वडा कर्मचारी