समाचार
न्यायिक समिति पदाधिकारी र मेलमिलापकर्ताहरुका लागि क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम ।
आज मिति २०८१ साल असार १३ गते बिहिबारका दिन शहिद लखन गाउँपालिकाको न्यायिक समितिको आयोजनामा न्यायिक समिति पदाधिकारी र मेलमिलापकर्ताहरुका लागि क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम न्यायिक समिति संयोजक इन्दिरा तिवारी ज्यूको अध्यक्षतामा माननीय न्यायाधिस श्रीमान् शिब बहादुर रानाभाट ज्यूको प्रमुख आतिथ्य, जिल्ला न्यायाधिवक्ता श्री सुरेन्द्रराज काफ्ले, गोरखा जिल्ला अदालतका स्रेस्तेदार मदनराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत, न्यायिक समिति सदस्यहरु, मेलमिलापकर्ताहरु र गोरखा जिल्ला अदालत र गाउँपालिका कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको छ ।