FAQs Complain Problems

समाचार

ब्यबसाय सञ्चालन नभएको सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
  • ब्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • स्थानीय तहको नाममा ब्यबसाय दर्ता गरेको प्रमाणपत्र
  • आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारित स्वीकृत भएको कागजात
  • स्थलगत प्रतिबेदन
  • घरबाहाल सम्झौता पत्रको प्रतिलिपि
  • सर्जमिनका मुचुल्का आवश्यक परे सो समेत
प्रक्रिया: 
  • निवेदन सहित तोकियको कागजात पेश गर्ने
  • वडा अध्यक्ष / वडा सदस्य / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदन दर्ता गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता आनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
  • निवेदकले तोकिएको शुल्क बुझाउने
  • चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जन प्रतिनिधि

वडा कर्मचारी