समाचार
"मासिक धर्म स्वच्छता, किशोरीहरूको अधिकार र आवश्यकता" विषयक माध्यमिक विद्यालय स्तरको बक्तृत्वकला प्रतियोगिता ।
मिति २०८२।०२।१४ गते अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस (May २८) को उपलक्ष्यमा "मासिक धर्म स्वच्छता, किशोरीहरूको अधिकार र आवश्यकता" विषयक माध्यमिक विद्यालय स्तरको बक्तृत्वकला प्रतियोगिता सहिद लखन गाउँपालिका सभाहलमा सम्पन्न भएको छ। यस प्रतियोगितामा १० विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
वक्तृत्वकला प्रतियोगिताका विजेताहरू:
प्रथम: आर्या गौतम, जनशक्ति माध्यमिक विद्यालय
द्वितीय: रिस्ता खनाल, शहिद स्मृति माध्यमिक विद्यालय
तृतीय: विमला बि.क., वक्रेश्वर माध्यमिक विद्यालय
सान्त्वना: विनिशा कँडेल, हिमालय माध्यमिक विद्यालय
यस कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरू, शिक्षकहररुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।