समाचार
राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा अन्तर विद्यालय शिक्षक हाजिरी जवाफ प्रतियोगिता, शैक्षिक सत्र २०८० मा सैद्धान्तिक तर्फ उच्च सिकाइ उपलब्धि हासिल गर्ने शिक्षक सम्मान कार्यक्रम ।
आज मिति २०८१।०६।०२ गते शहिद लखन गाउँपालिकाको आयोजनामा राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा अन्तर विद्यालय शिक्षक हाजिरी जवाफ प्रतियोगिता, शैक्षिक सत्र २०८० मा सैद्धान्तिक तर्फ उच्च सिकाइ उपलब्धि हासिल गर्ने शिक्षक सम्मान कार्यक्रम सम्पन्न भयो। हाजिरी जवाफ प्रतियोगितामा जनशक्ति मा.वि. प्रथम, बक्रेश्वर मा.वि. दोस्रो, गंगाधर मा.वि. तृतीय र रामेश्वरी मा.वि. सान्त्वना स्थानमा रहे। विजयी विद्यालयहरूलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरियो। १७ विद्यालयको सहभागिता रहेको यस कार्यक्रममा शैक्षिक सत्र २०८० मा उच्च सिकाइ उपलब्धि हासिल गरेका १८ जना शिक्षकहरूलाई नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरियो। साथै यसै कार्यक्रम मार्फत राष्ट्रिय बालदिवसको अवसरमा आयोजित कक्षा १-३ स्तरीय हस्तलेखन प्रतियोगिता विजयीलाई रूम टु रिड नेपालद्वारा प्रायोजित पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरियो।