समाचार
लागु औधषी दुर्व्यसन विरुद्ध जनचेतना कार्यक्रम ।
शहिद लखन गाउँपालिकाको आयोजनामा लागु औधषी दुर्व्यसन विरुद्ध जनचेतना कार्यक्रम शहिद लखन गाउँपालिकाका आदरणीय अध्यक्ष रमेश बाबु थापा मगरज्यूको अध्यक्षता तथा जिल्ला समन्वय समिति, गोरखाका आदरणीय उपप्रमुख लिला परियारज्यूको प्रमुख आतिथ्यतामा शहिद लखन गाउँपालिका, वडा नं. ९ नाम्जुङ्ग स्थित जनशक्ति मा.वि. मा सम्पन्न गरियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रमुख (प्रहरी उपरीक्षक) श्री बासुदेव पाठकज्यूले लागु पदार्थ दुर्व्यसनका विविध पक्षहरु तथा त्यस सम्बन्धी कानूनी विषयमा जानकारी गराउनु भयो। कार्यक्रममा शहिद लखन गाउँपालिका उपाध्यक्ष श्री इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत श्री बाबुराम मगर लगायत विभिन्न वडाका वडा अध्यक्षज्यूहरु, राजीतिक दलका प्रतिनिधिज्यूहरु, समाजसेवी, शिक्षक, कर्मचारी, विद्यार्थी गरी करिब २०० जना उपस्थिति रहेको थियो।