समाचार
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
मिति २०८१ मंसिर २५ गते शहिद लखन गाउँपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति, गोरखाका उपप्रमुख लिला परियारको प्रमुख अतिथिमा रहेको थियो। गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, र जिल्ला प्रशासन कार्यालय, गोरखाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अतिथ्यता रहेको यस कार्यक्रममा वडाध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, कर्मचारीहरू, महिला समूहहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिताले रहेको । अधिवक्ता कविता ढुङ्गानाले प्रशिक्षण सत्रमा सहजीकरण गर्नुभएको थियो। साथै, महिला समूहहरूले लैङ्गिक हिंसाविरुद्ध सन्देशमूलक विभिन्न सांस्कृतिक प्रस्तुतिहरू (गायन, नृत्य, कविता) प्रस्तुत गरेका थिए।