समाचार
विद्युत जडान सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु:
- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
- हक भोगको श्रोत खुल्ने कागजात
- नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
- अन्य आवश्यक कागजातहरु
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने
- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदन दर्ता गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
- निवेदकले तोकिएको शुल्क बुझाउने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
- चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने