समाचार
व्यवसायिक मौरीपालन सीप विकास तालिम
शहिद लखन गाउँपालिकाको आयोजनामा माघ १५ देखि २१ गतेसम्म व्यवसायिक मौरीपालन सीप विकास तालिम सम्पन्न भयो। यस तालिममा प्रशिक्षणमा सहजीकरण गरिदिनुहुने श्री ध्रुव कुमार कार्कीज्यू, अवलोकन भ्रमणमा सहजीकरण गरिदिनुहुने व्यावसायिक कीट विकास केन्द्र, बन्दिपुर, तनहुँ र सहभागी सम्पूर्ण कृषकहरूमा हार्दिक आभार व्यक्त गर्दछौं।