समाचार
शहिद लखन गाउँपालिकाको गाउँ सभाको तेह्रौँ अधिवेशन ।
आज मिति २०८०।०३।०७ गते बिहिबारका दिन शहिद लखन गाउँपालिकाले तेह्रौँ गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम र वार्षिक बजेट पेश गरी पारित गरेको छ । गाउँपालिकाले ६४ करोड ०४ लाख ९१ हजार बराबरको बजेट पारित गरेको छ ।बजेटले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा प्राथमिकता निर्धारण गरी बजेट विनियोजन गरेको छ । बाह्य क्षेत्र सन्तुलनमा देखिएको दबाबलाई न्यूनीकरण गर्नका लागि पैठारी नियमन गर्ने संघीय नीतिले गर्दा वस्तु पैठारीमा आएको संकुचनका कारण राजस्व असुली घट्न गई स्थानीय तहहरुले प्राप्त गर्ने वित्तीय समानिकरण, राजश्व अनुदान लगायतका अनुदानहरुमा न्यूनता हुने भएकोले आगामी आर्थिक वर्षको बजेटको आधार चालु आर्थिक वर्षको तुलनामा कमी आएको छ ।चालु आर्थिक वर्ष २०७९।८० का लागि प्रक्षेपण गरिएको आन्तरिक आयको लक्ष्य रु १ करोड २१ लाख ३ हजार ५ सय रहेकोमा २०७९ श्रावण देखि २०८० जेठ मसान्तसम्म संकलन भएको राजश्व रु १ करोड ७५ लाख ८७ हजार ५ सय ८५ रहेको छ । जुन लक्ष्यको अनुपातमा करिब १४५ प्रतिशत रहेको छ ।गाउँपालिकाको आगामी नीति तथा कार्यक्रम तर्जुमाका लागि विभिन्न चरणमा प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सहभागी भई सल्लाह,सुझाव, राय तथा परामर्श दिनुहुने राजनीतिक दल, विज्ञ सल्लाहकार समूह, नागरिक समाज तथा पत्रकार जगत्, नीजि क्षेत्र, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा शिक्षक अगायत गाउँपालिकाका आम नागरिकहरुलाई गाउँपालिकाको तर्फबाट धन्यबाद व्यक्त गर्दै यसको कार्यान्वयमा समेत सहयोग तथा सहकार्यको अपेक्षा गर्दछौ ।