समाचार
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान ।
´लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानिको ऐक्यबद्धता´भन्ने नाराका साथ आजको मिति २०८०|०८|०९ बाट २०८०|०|२४ गतेसम्मका लागि लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू भएको छ । आजको लैङ्गिक हिंसा विरूद्धको सचेतना कार्यक्रम वडा नं ५ ताक्लुङ्गमा सम्पन्न गरियो । यस कार्यक्रममा शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, उपाध्यक्ष ईन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, पूर्ण बहादुर गहतराज, वडा नं ५ का वडा अध्यक्ष यम बहादुर राना मगर, गाउँ कार्यपालिका सदस्य कृष्ण बहादुर प्रजा, लिना थाप मगर , गीत परिवयार साथै समुदायमा रहेका माहिलाहरूको उपस्थिति रहेको थियो ।