समाचार
स्थानीय तहको कानून तर्जुमामा सहजीकरण कार्यक्रम ।
मिति २०८०/०८/१४ र १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश, पोखराबाट पाल्नु भएका कानून सचिव श्रीमान् शम्भु राज रेग्मी सहितका टिमद्वारा शहिद लखन गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई स्थानीय तहको कानून निर्माण सम्बन्धी आधारभूत जानकारी प्रदान गरी 'स्थानीय तहको कानून तर्जुमामा सहजीकरण कार्यक्रम' सम्पन्न गरियो । यस कार्यक्रम मा शहिद लखन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, १ देखि ९ वडाका वडाध्यक्ष, गाउँ कार्यपलिका सदस्यहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो । २ दिन संचालन भएको यस कार्यक्रम पहिलो दिन वडा नं २, वेतेनी मा रहेको चण्डी देउराली प्रा. बि. र दोस्रो दिन वेतेनी होमेस्टेको संस्कृतिक कार्यक्रम भवनमा सञ्चलन गरिएको थियो ।