समाचार
२० औ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस ।
आज मिति २०८०।०८।१९ गतेका दिन शहिद लखन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मनकामना मन्दिर परिसर सरसफाई गरी 'मनकामना मन्दिर परिसर सरसफाई कार्यक्रम' र स्वास्थ्य स्वयमसेविकाहरु बिच हाजिरि जवाफ प्रतियोगिता गराई "हाजिरि जवाफ कार्यक्रम" सम्पन्न गरि २० औ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस मनाइयो ।
यस कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर, २ नं वडाका वडाध्यक्ष सकुन थापा , ३ नं वडाका वडाध्यक्ष दिपक पाण्डे , स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठ, सूचना प्रविधि अधिकृत अर्बिन थापा, जनस्वास्थ्य निरीक्षक विश्व श्रेष्ठ , सि. अ. न. मी. मनिला श्रेष्ठ का साथै गाउँपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिति रहेको थियो । मनकामना आधारभूत स्वास्थ्य केन्द्रमा सम्पन्न भएको यस हाजिरि जवाफ कार्यक्रममा ३ जना रहको स्वास्थ्य स्वयमसेविका टोलिमा ताक्लुंग स्वास्थ्य चौकी प्रथम,बुंकोट आधारभूत स्वास्थ्य केन्द्र द्रितिय,नामजुङ्ग स्वास्थ्य चौकी तिर्तिय र मनकामना स्वास्थ्य चौकीले सांत्वना स्थान हासिल गरेका थिए साथै हाजिरि जवाफ कार्यक्रममा सहभागी सम्पूर्ण २१ जना स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।