समाचार
स्वास्थ्य स्वयमसेविकाहरुको लागि "नसर्ने तथा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण" कार्यक्रम ।
आज मिति २०८०।०८।२६ गतेका दिन शहिद लखन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नं ६,७,८,९ का स्वास्थ्य स्वयमसेविकाहरुको लागि "नसर्ने तथा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण" कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रमको प्रमुख अथितिमा स्वास्थ्य कार्यालय, गोरखाका जनस्वास्थ्य अधिकृत नवराज खड्का साथै यस गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारी, प्रशासन शाखा प्रमुख पूर्ण बहादुर गहतराज, स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठ, जनस्वास्थ्य निरीक्षक विश्व श्रेष्ठ , सि. अ. न. मी. मनिला श्रेष्ठ र वडा नं ६,७,८,९ का स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिति रहेको थियो ।