समाचार
खाद्द तथा पोषण सुरक्षा सुधार आयोजना - दोश्रो (Food and Nutrition Security Enhancement Project -ii )
मिति २०८०-१०-२४ गते, खाद्द तथा पोषण सुरक्षा सुधार आयोजना - दोश्रो (Food and Nutrition Security Enhancement Project -ii ) , आयोजना व्यवस्थापन इकाई, हरिहरभवन ललितपुरको आयोजनामा, वरिष्ठ कृषि अधिकृत केशव देवकोटा र वरिष्ठ मुल्याङ्कन तथा अनुमन अधिकृत रुद्र पौडेलको उपस्थितिमा आयोजना सम्बन्धि एकदिने अभिमुखिकरण गोष्ठि सम्पन्न भएको थियो।यो आयोजना अन्तर्गत यस पालिका भित्रका बिभिन्न वडाहरुमा कृषि समूह, पशुपंक्षी समूह , पोषण समूहहरु बनाएर अत्यन्तै पिछडिएका वर्गहरुको खाद्य तथा पोषण सुरक्षा सुधार सम्बन्धि उद्देश्य हासिल गर्ने लक्ष्य राखेको छ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना Global Agriculture and Food Security Program (GAFSP) को आर्थिक सहयोगमा संचालित आयोजना हो ।यस आयोजनाको कार्यक्षेत्रको रुपमा ८ वटा जिल्लाहरु (गोरखा, धादिङ्ग, सिन्धुपाल्चोक, दोलखा, धनुषा, महोत्तरी, सिराहा, सप्तरी) रहेका छन्। यस आयोजनाको संचालन नेपाल सरकार, कृषि तथा पशुपंछी विकास मन्त्रालयले गर्नेछ भने सुपरिवेक्षण कार्य विश्व बैंक (World Bank) बाट हुनेछ साथै आयोजनाका कृयाकलापहरु संचालनमा प्राविधिक सहयोग (Technical Assistance) संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि संगठन (FAO) ले गर्नेछ।
नेपालको संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रुपमा उल्लेख गरेको छ।नेपाल सरकारले खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितताको लागि विभिन्न राष्ट्रिय नीति तथा कार्यक्रमहरु तर्जुमा गरि कार्यान्वयन गर्नुका साथै विभिन्न अन्तराष्ट्रिय सम्झौता तथा सहमतिहरुको पक्ष राष्ट्रको रुपमा कार्य गरिरहेको छ।नेपाल दिगो विकासका लक्षहरु (Sustainable Development Goals) को पक्ष राष्ट्र हो।नेपाल सरकारको दिर्घकालीन सोच २१००, पन्धौ योजना तथा कृषि विकास रणनीति लगायतका विभिन्न नीति तथा योजनाहरुमा खाद्य तथा पोषण सुरक्षाले विशेष महत्व पाएका छन्। कृषि क्षेत्रको समग्र विकासको लागि नेपाल सरकारले कार्यन्वयनमा ल्याएको कृषि विकास रणनीति (२०१५-३५) का चारवटा Flagship कार्यक्रमहरु मध्ये “ खाद्य तथा पोषण सुरक्षामा सुधार ” कार्यक्रमले तय गरेको अत्यन्तै पिछडिएका वर्गहरुको खाद्य तथा पोषण सुरक्षा सुधार सम्बन्धि उद्देश्य हासिल गर्न र कृषि विकास रणनितिको परिकल्पनामा रहेका समावेशी, जिविकोपार्जन र खाद्य तथा पोषण सुरक्षा जस्ता सम्भागका सूचकहरुको लक्ष्य प्राप्त गर्न; दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न नेपाल सरकारले गरेको प्रतिबद्धता अन्तर्गतका लक्ष्यहरु गरिबिको अन्त्य, शुन्य भोकमरी, लैंगिक समानता र जलवायु सम्बन्धि कारवाही हासिल गर्न साथै नेपाल सरकारको पन्ध्रौं योजनामा उल्लेखित सूचकहरु जलवायु परिवर्तन अनुकुलशिलता, ५ वर्ष मुनिका कम तौल भएका बालबालिका, बाल मृत्युदर, मातृ मृत्युदर, बहुआयामिक गरिबीमा रहेको जनसंख्या, निरपेक्ष गरिबी र कृषिका सूचकहरुको लक्ष्य प्राप्तिका लागि यस आयोजनाले प्रत्यक्ष रुपमा सहयोग गर्दछ ।