समाचार
प्रथम शहीद लखन थापा मगर तथा उनका सहयोद्धा शहीद जयसिंह चुमि राना मगरको १४७औँ स्मृति दिवस ।
प्रथम शहीद लखन थापा मगर तथा उनका सहयोद्धा शहीद जयसिंह चुमि राना मगरको १४७औँ स्मृति दिवस विविध कार्यक्रमहरु गरी सम्पन्न भयो। कार्यक्रम शहीद लखन किल्ला परिसरमा गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षतामा गण्डकी प्रदेश सभाका सभामुख माननीय कृष्ण प्रसाद घिताल विजयको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको संचालन सहायक प्रशासकीय अधिकृत पूर्ण बहादुर गहतराजले संचालन गर्नु भएको थियो । प्रथम शहीद लखन थापा मगर तथा शहीद जयसिंह चुमि राना मगरको सालिकमा माल्यार्पण गरी कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष शरण श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने शहीद बेपत्ता परिवारका तर्फबाट रोहिणी प्रसाद खनाल, नेपाली काङ्ग्रेसका सभापति काशिनाथ अंगाई, ने.क.पा एमालेका अध्यक्ष मनोज जोशी, प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानका अध्यक्ष जीवन बहादुर आले मगर, प्रतिष्ठानका सल्लाहकार प्रा.डा. श्रीराम प्रसाद उपाध्याय, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, शहीद लखन गाउँपालिकाका प्रमख प्रशासकीय अधिकृत बाबुराम मगर, उपाध्यक्ष इन्दिरा तिवारी, गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगर तथा प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सभामुख माननीय कृष्ण प्रसाद घितालले आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको अवसरमा गाउँपालिका भित्रका शहीद तथा बेपत्ता परिवारका सदस्यहरुलाई सम्मान गरीयोको थियो साथै शहीद लखन किल्लाको विकास र विस्तारका लागि गाउँपालिकालाई जग्गा प्रदान गर्ने जग्गादाताहरुलाई पनि सम्मान गरिएको थियो । शैक्षिक सत्र २०७९ को अन्तिम परीक्षामा उत्कृत नतिजा लेराउने विभिन्न विद्यालयका १९ जना शिक्षकहरुलाई सम्मान गरिएको थियो । जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग सिल्डमा पदक प्राप्त गर्ने ११ जना विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । कार्यक्रमको अवसर पारी गाउँ पालिका भरिका ९ जना उत्कृष्ठ कृषक तथा ९ जना उत्कृष्ट पशुपालक कृषकहरुलाई समेत सम्मान गरिएको थियो ।