समाचार
शिल्ड प्रतियोगितामा गाउँपालिकाको प्रतिनिधित्व गर्दै सहभागी हुन जाने खेलाडी विद्यार्थीहरू तथा सहजिकरणका लागि खटिनुभएका खेल शिक्षक र कर्मचारीहरूलाई विदाई तथा शुभकामना आदान-प्रदान कार्यक्रम
आज मिति २०८१।१०।४ गते, शहिद लखन गाउँपालिकाले जिल्लास्तरीय १२ओैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाको प्रतिनिधित्व गर्दै सहभागी हुन जाने खेलाडी विद्यार्थीहरू तथा सहजिकरणका लागि खटिनुभएका खेल शिक्षक र कर्मचारीहरूलाई विदाई तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा विद्यार्थीहरूलाई उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदै उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्दै सफलताको शुभकामना व्यक्त गरियो ।