समाचार
शहिद लखन गाउँपालिकाको आ व २०८१।८२ दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम
आज मिति २०८२।०१।१० गते १ नं. वडा कार्यालय, बक्राङ्गमा शहिद लखन गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, शाखा प्रमुख, गाउँपालिका स्तरीय विभिन्न राजनीतिक दलका प्रमुख तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिक अवधिमा गरिएका कार्यहरूको प्रगति, बजेट खर्चको विवरण, सार्वजनिक सेवा प्रवाहको स्थिति तथा नागरिकहरूबाट आएका सुझावहरूको खुला रूपमा सुनुवाई गरिएको थियो।यस सार्वजनिक सुनुवाई कार्यक्रमले गाउँपालिकाको कार्यप्रणालीलाई थप पारदर्शी, जवाफदेही र जनमुखी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। कार्यक्रममा सहभागी सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौ।