समाचार
पारिवारिक तथा जनसांख्यिकीय लागत संकलन अध्ययनको नतिजा प्रकाशन" कार्यक्रम
आज मिति २०८२।१।११ गते शहिद लखन गाउँपालिका तथा प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराको संयुक्त आयोजनामा "पारिवारिक तथा जनसांख्यिकीय लागत संकलन अध्ययनको नतिजा प्रकाशन" कार्यक्रम यस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बाबुराम मगरज्यूको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा वडाध्यक्षज्यूहरू, प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराबाट श्री प्रविण भण्डारी, प्रदेश जनस्वास्थ्य कार्यालय, गोरखाबाट श्री नानि वावु दानि, श्री स्मृति चौधरी, स्वास्थ्य शाखा प्रमुख श्री वीरेन्द्र श्रेष्ठ तथा गाउँपालिकाभित्रका सबै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू सहभागिता जनाउँदै सहजीकरण गर्नुभएको थियो।