समाचार
रासायनिक मल सम्बन्धी सचेतना कार्यक्रम
मिति २०८२।०१।१३ गते शहिद लखन गाउँपालिका–०६ घलेडाँडा स्थित कफी भवनमा गाउँपालिकाका आदरणीय अध्यक्ष श्री रमेश बाबु थापा मगरज्यूको अध्यक्षतामा रासायनिक मल सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा घलेडाँडा सकुशल कृषि सहकारी संस्था लिमिटेडका सदस्यहरूलाई अनुदानमार्फत वितरण गरिने युरिया, डी.ए.पी. (डाइ-अमोनियम फस्फेट) तथा एम.ओ.पी. (म्युरिएट अफ पोटास) रासायनिक मलको वितरण प्रक्रिया, उचित प्रयोग विधि, माटो सुधारका परम्परागत तथा स्थानीय प्रविधिहरू, साथै बिरुवाको वृद्धि र विकासका लागि आवश्यक प्रमुख पोषकतत्वहरू र सूक्ष्म खाद्यतत्वहरू सम्बन्धमा विस्तृत अभिमुखीकरण प्रदान गरिएको थियो।