समाचार
पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चिता कार्यक्रम
मिति २०८२।०१।१५ गते शहिद लखन गाउँपालिकाद्वारा आयोजित पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चिता कार्यक्रम गाउँपालिका उपाध्यक्ष श्री इन्दिरा तिवारीज्यूको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति गोरखाका प्रमुख श्री मोहन बहादुर थापा मगरज्यू प्रमुख अतिथिको रुपमा सम्पन्न भयो। यसै अवसरमा शहिद लखन गाउँपालिका गोरखा जिल्लाकै "पूर्ण खोप पालिका" घोषणा गर्ने पहिलो पालिका भएको छ।
जनचेतनामूलक र्याली सहित सुरु भएको यस कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, जनस्वास्थ्य कार्यालय गोरखाका श्री नानिबाबु दानी, गाउँपालिका स्तरीय विभिन्न राजनीतिक दलका प्रमुखहरू, शाखा प्रमुखहरु लगायत गाउँपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविका र सम्पूर्ण स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका अवसरमा विभिन्न वडाका समूहहरूले आकर्षक झाँकी प्रस्तुत गरेका थिए। बालबालिकाको स्वास्थ्य सुरक्षाको लागि यो महत्वपूर्ण उपलब्धि हासिल गर्न सहयोग पुर्याउनुहुने सबैलाई धन्यवाद!