समाचार
नसर्ने रोगको स्क्रिनिङ तथा अभिमुखिकरण कार्यक्रम
मिति २०८२।०१।१९ गतेका दिन शहिद लखन गाउँपालिकाका आदरणीय अध्यक्ष श्री रमेश वावु थापा मगर ज्यूको अध्यक्षतामा तथा गोरखा अस्पतालका डा. सन्तोष सिटौला र गाउँपालिकाका डा. प्रतिक्षा ढकालको नेतृत्वमा रहेको प्राविधिक टोलीले प्रविधिक सहयोगमा वडा नं. २ बेतिनि र वडा नं. ४ को कार्यालय परिसरमा नसर्ने रोगको स्क्रिनिङ तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा गरिएका मुख्य जाँचहरू:
✔ कुल २२१ जनाको स्वास्थ्य परीक्षण
✔ Lipid profile, Blood sugar, Uric acid
✔ Liver function test, Renal function test
उपलब्धिहरू:
✔ ५८ जना नयाँ उच्च रक्तचाप विरामी पहिचान
✔ २३ जना मधुमेह विरामी पहिचान र नि:शुल्क औषधि वितरण
✔ १ जनालाई मृगौलाको खराबीको कारण अग्रिम परीक्षणको लागि रेफर
यस कार्यक्रममा सहभागी सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी तथा सेवाग्राहीहरूलाई धन्यवाद!