समाचार
"सामी" कार्यक्रम अन्तर्गत एक दिने वित्तीय साक्षरता तालिम
मिति २०८२/१/२१ गते शहिद लखन गाउँपालिका वडा नं. ५ स्थित भ्याकुरे टोलमा "सामी" कार्यक्रम अन्तर्गत एक दिने वित्तीय साक्षरता तालिम वडा नं. ५ का वडा सदस्य श्री अशोक थापा ज्यू को अध्यक्षतामा सम्पन्न भयो। साथै यस तालिममा उद्यम विकास सहजकर्ता वन्दना वली ज्यू ले वित्तीय साक्षरता, उद्यमिता, र लघुवित्त व्यवस्थापनसम्बन्धी जानकारी सहभागीहरूलाई प्रदान गरेका थिए ।