समाचार
सहिद लखन गाउँपालिकाको प्रमुख प्रशासकीय भवन समुद्धाटन कार्यक्रम ।
मिति २०८२ साल जेठ १३ गते मंगलबारका दिन सहिद लखन गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको समुद्घाटन एक समारोहकाबीच पूर्व प्रधानमन्त्री, ने.क.पा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय पुष्प कमल दाहाल प्रचण्डज्यूबाट सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, प्रमुख अतिथि पूर्व प्रधानमन्त्री, ने.क.पा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय पुष्प कमल दाहाल प्रचण्डज्यू, विशेष अतिथि गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यू, गण्डकी प्रदेश सभाका सभामुख माननीय कृष्ण प्रसाद धितालज्यू, प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र बजगाईज्यू, संविधान सभाका सदस्य अमर तमुज्यू, पूर्व प्रतिनिधि सभा सदस्य द्वय हरिराज अधिकारी र छम बहादुर गुरुङ्गज्यू, प्रदेश सांसद माननीय सुशिला शिम्खडाज्यू, भरतपुर नगरपालिका प्रमुख रेणु दाहालज्यू, जिल्ला समन्वय समिति गोरखाका प्रमुख र उपप्रमुखज्यू, गोरखा जिल्ला भित्रका नगरपालिकाका प्रमुखज्यूहरु र गाउँपालिकाका अध्यक्षज्यूहरु, नगरपालिकाका उपप्रमुखज्यूहरु,प्रमुख जिल्ला अधिकारीज्यू, स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकज्यू, गाउँपालिकाका उपाध्यक्षज्यूहरु, जिल्ला स्तरीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु,जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखज्यूहरु, नगरपालिका तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यूहरु, सहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यू र पूर्व प्रमुख प्रशासकीय अधिकृतज्यूहरु, वडाध्यक्ष तथा गाउँ कार्यपालिका सदस्यज्यूहरु, न्यायिक समिति सदस्यज्यूहरु तथा गाउँ सभा सदस्यज्यूहरु, गाउँपालिकाका विज्ञ सल्लाहकार सदस्यज्यूहरु, मनकामना मन्दिरका मूल पूजारीज्यू, सहिद लखन गाउँपालिकाका पूर्व जनप्रतिनिधिज्यूहरु,गाउँपालिका स्तरीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु, पत्रकार महासंघ गोरखाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु, सहिद लखन गाउँपालिकाका शाखा प्रमुखज्यूहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरु, कर्मचारी तथा शिक्षकहरु,लखन थापा स्मृति प्रतिष्ठानका पदाधिकारीहरु, मनकामना दर्शन प्रा.लि.का सञ्चालक तथा प्रतिनिधि, भवन निर्माण कम्पनी तथा परामर्शदाता, सुरक्षा निकायमा प्रमुख तथा प्रतिनिधिज्यूहरु, प्रमुख प्रशासकीय भवन तथा घैरुङ्ग स्वास्थ्य चौकीको भवनको जग्गादाताहरु, सहिद तथा वेपत्ता परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सहिद तथा वेपत्ता परिवार,जग्गादाताहरु र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा प्रत्यक्ष–परोक्ष सहयोग गर्ने संघीय र प्रदेश सरकार, जिल्ला समन्वय समिति, प्रतिनिधि सभा सदस्यज्यू र प्रदेश सभा सदस्यज्यू, गाउँपालिकाका विज्ञ सल्लाहकारहरु, राजनीतिक दलहरु, पत्रकार,परामर्शदाता, निर्माण कम्पनी, प्राविधिक तथा कर्मचारीहरु, श्रमिक वर्ग र सम्पूर्ण गाउँपालिकाबासीहरुलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछौ।