समाचार
केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम
आज मिति २०८२।०२।२० गते यस गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष रमेश वावु थापा मगर ज्यूको अध्यक्षतामा तथा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरज्यू उपस्थितिामा केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो। यस कार्यक्रममा वडा सचिवहरु र वडाका कर्मचारीहरुको सहभागिता रहेको थियो। साथै यस कार्यक्रमको प्राविधिक सत्रमा सूचना प्रविधि अधिकृत अर्विन थापा र कम्प्यूटर अपरेटर रामचन्द्र गिरीज्यूले सहजीकरण गर्नुभयो थियो। यो कार्यक्रमले गाउँपालिकाको नागरिकता सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्नेछ।