प्रथम शहीद लखन थापा मगर तथा उनका सहयोद्धा शहीद जयसिंह चुमि राना मगरको १४७औँ स्मृति दिवस विविध कार्यक्रमहरु गरी सम्पन्न भयो। कार्यक्रम शहीद लखन किल्ला परिसरमा गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षतामा गण्डकी प्रदेश सभाका सभामुख माननीय कृष्ण प्रसाद घिताल विजयको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको संचालन सहायक प्रशासकीय अधिकृत पूर्ण बहादुर गहतराजले संचालन गर्नु भएको थियो । प्रथम शहीद लखन थापा मगर तथा शहीद जयसिंह चुमि राना मगरको सालिकमा माल्यार्पण गरी कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रममा वडा नं.
समाचार
ग्यालरी
"प्रथम अन्तर वडा शहिद लखन कप पुरुष भलिवल २०८०" को पुरस्कार वितरण कार्यक्रम ।
गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवर्धन साझेदारी कार्यक्रम कार्यान्वयनको लागि शहिद लखन गाउँपालिका र मुख्यमन्त्री कार्यालयबीच सम्झौता सम्पन्न भएको छ ।
मिति : २०८०/१०/२८ गते

मिति २०८०-१०-२४ गते, खाद्द तथा पोषण सुरक्षा सुधार आयोजना - दोश्रो (Food and Nutrition Security Enhancement Project -ii ) , आयोजना व्यवस्थापन इकाई, हरिहरभवन ललितपुरको आयोजनामा, वरिष्ठ कृषि अधिकृत केशव देवकोटा र वरिष्ठ मुल्याङ्कन तथा अनुमन अधिकृत रुद्र पौडेलको उपस्थितिमा आयोजना सम्बन्धि एकदिने अभिमुखिकरण गोष्ठि सम्पन्न भएको थियो।यो आयोजना अन्तर्गत यस पालिका भित्रका बिभिन्न वडाहरुमा कृषि समूह, पशुपंक्षी समूह , पोषण समूहहरु बनाएर अत्यन्तै पिछडिएका वर्गहरुको खाद्य तथा पोषण सुरक्षा सुधार सम्बन्धि उद्देश्य हासिल गर्ने लक्ष्य राखेको छ।















शहिद लखन गाउँपालिका द्वारा आज मिति २०८०/१०/१५ गते वडा नं ७,८,९ का ९ जना गणकहरूलाई किसान सुचिकरण प्रकृया विषयक १ दिने तालिम प्रदान गरियो ।









आज मिति २०८०-१०-०७ गते Planète Enfants & Développement को आर्थिक सहयोगमा एकीकरण नेपाल गोरखाको संयाोजनमा शहिद लखन गाउँपालिका, गोरखाको आयोजनामा एकिकृत प्रारम्भिक बाल विकास योजना निर्माण कार्यशाला ‘Workshop on Integrated Early Childhood Development (IECD) Plan’ शहिद लखन गाउँपालिकाका आदरणीय अध्यक्ष रमेश बाबू थापा मगरको अध्यक्षतामा, उपाध्यक्ष, प्र.





































आज मिति २०८०।१०।०१ गते माघे सक्रान्ति पर्व र माघी पर्व २०८० को अबसरमा गण्डकी प्रदेश सभाका सभामुख माननीय कृष्ण प्रसाद धितालको प्रमुख अतिथ्यमा श्री हिमालय देवि युवा क्लव, घैरुङ्ग, गोरखाको आयोजना तथा शहिद लखन गाउँपालिकाको सह-आयोजनामा "माघि मेला २०८०" र कृषि विकास तथा पशु सेवा शाखाको आयोजनामा "कृषि,पशु-पक्षी र मत्य प्रदर्शनी" सम्पन्न गरियो । फुटबल, दैड, गोरु जुधाउने जस्ता खेल र बिभिन्न प्रकारमा रैथाने वालि, कफि, पशु, पक्षी, मत्य प्रदर्शनी गरीएको कार्यक्रममा उत्कृष्ट खेलाडी र किसानलाई सम्मानित र पुरस्कृत गरियो । खेलप्रेमि, कृषक, कृषि व्यवसायी एवं सम्पूर्ण जनसमुदायमा सक्रिय सहभागिताको लागि हार्दि
आज मिति २०८०।०९।२६ गते बिहिबारका दिन शहिद लखन गाउँपालिकाको गाउँ सभाको चौधौं अधिवेशन यस शहिद लखन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगर ज्यू को अध्यक्षतामा सम्पन्न गरिएको छ । प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सहभागी भई सल्लाह,सुझाव, राय तथा परामर्श दिनुहुने राजनीतिक दल, विज्ञ सल्लाहकार समूह, नागरिक समाज तथा पत्रकार जगत्, नीजि क्षेत्र, जनप्रतिनिधि, कर्मचारी तथा अगायत गाउँपालिकाका आम नागरिकहरुलाई गाउँपालिकाको तर्फबाट धन्यबाद व्यक्त गर्दछौ ।