मिति २०८१/१२/०९ गते शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश वावु थापा मगरज्यूको अध्यक्षतामा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सचिब र वडा कम्प्युटर सहायकहरूलाई घटना दर्ता (पञ्जीकरण) र नागरिकता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा विशेष उपस्थिति र प्रशिक्षकको रूपमा जिल्ला प्रशासन कार्यालय, गोरखाका प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेलज्यू र सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालज्यूको उपस्थित रहेको थियो।