समाचार
पुर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम ।
शहिद लखन गाउॅंपालिका खोप समन्वय समिति संयोजक ( गाउॅंपालिकाको आदरणीय अध्यक्ष) श्री रमेश बाबु थापा मगर ज्यूको अध्यक्षतामा पुर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम सम्पन्न गरियो । हाम्रो निमन्त्रणालाई स्वीकार गरेर कार्यक्रमलाई सफल वनाउन उपस्थित हुनु भएका स्वास्थ्य कार्यालय गोरखाको ज.स्वा.नि. नानि वावु दानि , प्र.प्र.अ. बाबुराम मगर, वडा अध्यक्षहरू दिलिप थापा र वासुदेव ढकाल , कार्यपालिका सदस्यहरू कृष्ण प्रजा र लुना थापा , वडा नं ६ का वडा सदस्यहरू , सवै स्वास्थ्यकर्मी साथीहरू , स्वयम सेविकाहरू र वडा नं ६ का आमा , दिदि वहिनिहरू समपुर्णमा हार्दिक आभार प्रकट गर्दछौ ।
विगत ३ वर्ष देखि कोभिड १९ को महामारीका कारण पूर्ण खोप घोषणा गर्न नसेकेको गाउँपालिकाले यो वर्ष पुर्ण खोप घोषणा गर्ने गोरखा जिल्लाको पहिलो पालिका भएको छ ।
‘जेठ एक गते देखि ७ गते भित्र सवै वडाहरुले आ–आफ्नो वडालाई पुर्ण खोप घोषणा गरेका थिए । सबै वडामा रहेका स्वास्थ्यकर्मीहरुले घरधुरी सर्बेक्षण गर्दा १६ देखि ५९ महिना सम्मका बालबालिकाहरुले १५ महिना भित्र पुरा गरेको वा नगरेको र १५ महिना भित्रका बालबालिकाहरुले नियमित खोप लिए नलिएको भनेर धरदैलो तथ्यांक संकलन कार्य गरीयो, ’उनले भने, ‘यसरी घरधुरी सर्बेक्षण गर्दा १६ देखि ५९ महिनाका ८९५ जना र १५ महिना मुनीका ३८१ बालबालिकालाई खोप लगाईएको पाएका छौ ।’
- बिरेन्द्र श्रेष्ठ
मिति : २०८०।०२।२०