समाचार
शहिद लखन गाउॅंकार्यपालिकाले आगामी ३ वर्ष भित्रगाउॅंपालिका भित्र वसोवास गर्ने २० वर्ष उमेर देखि ६० वर्ष उमेर समुह भित्रको सवै विवाहित महिलाहरूको पाठघरको क्यान्सर परिक्षण गर्ने निति र आ.व २०७९/०८० मा गाउॅंपालिकाले VIA परिक्षण कार्यक्रम
शहिद लखन गाउॅंकार्यपालिकाले आगामी ३ वर्ष भित्रगाउॅंपालिका भित्र वसोवास गर्ने २० वर्ष उमेर देखि ६० वर्ष उमेर समुह भित्रको सवै विवाहित महिलाहरूको पाठघरको क्यान्सर परिक्षण गर्ने निति र आ.व २०७९/०८० मा गाउॅंपालिकाले VIA परिक्षण कार्यक्रम मा विनियोजित वजेट वाट २ चरणमा गरेर ९ वटाको १० स्थानमा गएर ७८६ जना ( चर्च घर भोगटेनि ८० जना,वालज्योति प्रा.वि.मा ७४ जना, त्रिवेणी प्रा.वि मा ९४ जना , कानाटार सामुदायीक भवनमा ८५ जना, ताकलुगं आधारभुत स्वा.के.मा ८० जना, प्रगति प्रा.वि.तेर्सेमा ९३ जना, घैरूगं स्वा.चौकीमा ९९ जना , देउरालि सामुदायीक भवनमा ८१ जना, बुंकोट आधारभुत स्वा.के.मा४५ जना र भिमसेन आ.वि.मा ५४ जना ) लाई सेवा प्रदान गरियो जस मध्ये ५८ जनालाई VIA Positive देखियो र सवैलाई Thermocogulation विधि द्वारा उपचार गरियो । यस कार्यक्रम लाई सफल वनाउन आवश्यक वजेट विनियोजन गर्ने गाउॅं कार्यपालिकाको टिम , सेवा प्रवाहमा प्रविधिक सहयोग गर्नुहुने NACCFको टिम , स्वास्थ्य शाखाको सहकर्मी साथिहरू , सवै वडाको स्वावस्थ्य कर्मी साथीहरू र महिला सामुदायीक स्वास्थ्य स्वयम सेविकाहरू प्रति आभार प्रकट गर्दछौ ।