समाचार
शहिद लखन गाउँपालिका र मनकामना क्षेत्र फोहोर व्यवस्थापन तथा सरसफाइ बोर्ड बिच सम्झौता
मनकामना बजार क्षेत्रको फोहोर मैला व्यवस्थापनको लागि मनकामना दर्शन प्रा. लि. बाट सामाजिक उत्तरदायित्व वापत शहिद लखन गाउँपालिकालाई हस्तान्तरण भएको ट्रयाकटर मनकामना क्षेत्र फोहोर व्यवस्थापन तथा सरसफाइ बोर्डलाई हस्तान्तरण गर्नका लागि मिति २०८०।०१।३१ गते शहिद लखन गाउँपालिका र मनकामना क्षेत्र फोहोर व्यवस्थापन तथा सरसफाइ बोर्ड बिच सम्झौता भएको छ ।
साथै मनकामना क्षेत्र फोहोर व्यवस्थापन तथा सरसफाइ बोर्ड का दिनेश जोशी (अध्यक्ष), दिनार श्रेष्ठ (उपाध्यक्ष), प्रेम कुमार श्रेष्ठ (सचिव) लाई नया कार्यकालको शुभकामना ।