समाचार
राजश्व सुधारका लागि जनतासंग गाउँपालिका कार्यक्रमको तेस्रो दिन
मिति २०८०|०२|२५ गते यस शहिद लखन गाउँपालिकाको आयोजनामा ३ नं. वडाका वडा अध्यक्ष श्री दिपक पाण्डेको अध्यक्षता तथा प्रमुख अथिति इन्दिरा तिवारी (उपाध्यक्ष) अथिति प्रेम गुरुङ (१ नं. वडाध्यक्ष),कार्यक्रम संचालक कृष्ण प्रसाद अर्याल लगायत जनप्रनिधि, नागरिक, व्यवसायी तथा सरोकारवालाहरुको उपस्थितिमा स्थानीय तहका करका दर, दायरा तथा गा.पा.को राजश्वको अवस्थाको बारेमा अन्तरक्रिया गरी राजश्व सुधारका लागि जनतासंग गाउँपालिका कार्यक्रम सम्पन्न भयो। समन्वय गरिदिने वडा कार्यालयहरु तथा उपस्थित करदाता तथा वडावासीहरु सम्पूर्णलाई धन्यवाद।