समाचार
राजश्व सुधारका लागि जनतासंग गाउँपालिका कार्यक्रमको चौथो दिन ।
आज मिति २०८०-०२-२६ गते शहिद लखन गाउँपालिका ५ नं. वडाका वडा अध्यक्ष यम बहादुर थापा, वडा नं ४,५ का वडा सचिव क्रमशः रश्मा थापा, मनोहर ज्ञवाली तथा वडाका नागरिक, व्यवसायी र सरोकारवालाहरुको उपस्थितिमा गाउँपालिकाको करका दर, दायरा तथा गाउँपालिकाको राजश्वको अवस्थाको बारेमा अन्तरक्रिया गरी राजश्व सुधारका लागि जनतासंग गाउँपालिका कार्यक्रम सम्पन्न गरियो। समन्वय गरिदिने वडा कार्यालयहरु तथा उपस्थित करदाता तथा सम्पूर्ण वडावासीप्रती आभार व्यक्त गर्दछौ।