आज मिति २०८१|०२|१४ गते शहिद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवरीको अध्यक्षतामा दलित हकहित संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम वडा नं ९ मा सम्पन्न भएको छ । यस कार्यक्रममा प्रमुख अथिति जि.स.स., गोरखाका उप प्रमुख लिला परियार, वडा नं ९ का जनप्रतिनिधिहरू, स्थानीय राजनीतिक दलका पधातिकारीहरू, कर्मचारीहरू र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।
समाचार
ग्यालरी
आज मिति २०८१|०२|१२ गते शहिद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवरीको अध्यक्षतामा दलित हक हित संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम वडा नं ७ र ८ मा सम्पन्न भएको छ । यस कार्यक्रममा प्रमुख अथिति जि.स.स., गोरखाका उप प्रमुख लिला परियार र विशेष अथिति गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, वडा नं ७ र ८ का जनप्रतिनिधिहरू, स्थानीय राजनीतिक दलका पधातिकारीहरू, कर्मचारीहरू र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।
गोरखा जिल्ला अदालतका माननीय न्यायाधिश श्रीमान् शिव बहादुर रानाभाट ज्यू लगायतको टोलीद्वारा शहिद लखन गाउँपालिकाको न्यायिक समिति निरिक्षण सम्पन्न ।
आज मिति २०८१।०१।२९ गते शहिद लखन गाउँपालिकाद्वारा आयोजित "शहिद लखन गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सार्वजनिक खरिद सम्बन्धी २ दिने तालिम" सम्पन्न भयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह-सचिव श्री कृष्णराज पन्त, सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक श्री सपना अधिकारी, को .ले.नि.का, गोरखाका प्रमुख कोष नियन्त्रक श्री महेन्द्रप्रसाद भण्डारी, जिल्ला समन्वय समितिको कार्यालय, गोरखाका जिल्ला समन्वय अधिकारी श्री श्रीधर पन्थी द्वारा प्रशिक्षण रहेको यस कार्यक्रममा यस गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत , गाउँ कार्यपालिका सदस्य, भिमसेनथापा गाउँपालिकाका प्र
आज मिति २०८१।०१।२५ गते शहिद लखन गाउँपालिकाद्वारा "शहिद लखन गाउँपालिकाका विद्यार्थीसंग अध्यक्ष कार्यक्रम" सम्पन्न गरियो । यस कार्यक्रममा शहिद लखन गाउँपालिकाका अध्यक्ष ,उपाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत , गाउँ कार्यपालिका सदस्य, शिक्षा समितिका पदाधिकारीहरु, गाउँपालिका भित्रका विद्यालयका शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो । साथै यस कार्यक्रममा गाउँपालिका भित्रका जेहेन्दार, प्रतिभावान र विपन्न विद्यार्थीलाई झोला लगायत विभिन्न शैक्षिक सामाग्रि हस्तान्तरण गरियो ।
मिति २०८१।०१।२० गते देखी शहिद लखन गाउँपालिका भित्रका नवप्रवेशी शिक्षकहरूका लागि संचालन भएको "नवप्रवेशी शिक्षकहरूलाई एकिकृत पाठ्यक्रम (कक्षा १-३) सम्बन्धी कस्टमाइज्ड तालिम" आज मिति २०८१।०१।२२ गते सम्पन्न भएको छ ।
शहिद लखन गाउँपालिका र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराको आयोजनामा “स्थानीय तहको वडा समितिलाई सहभगितामूलक योजना तर्जुमा र अनुगमन सम्बन्धी २ दिने तालिम" आज मिति २०८१।०१।२० गते शहिद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारी ज्यूको अध्यक्षतामा सम्पन्न गरियो । यस कार्यक्रममा वडा समितिका सदस्यहरू, गाउँ कार्यपालिका सदस्यहरू, वडा सचिवहरू र गाउँपालिका कर्मचारीहरूको उपस्थिति रहेको थियो । प्रशिक्षणमा सहजिकरण गर्नुहुने गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराका प्रशिक्षकहरू दिल प्रसाद मगर र शरद न्यौपाने प्रति हार्दिक आभार व्यक्त गर्दछौ ।
"हाम्रो समस्या हाम्रै समाधान: मेलमिलाप" भन्ने मुल नाराका साथ शहिद लखन गाउँपालिका न्यायिक समितिको आयोजनामा मिति २०८१।०१।११ देखि २०८१।०१।१७ गतेसम्म गाउँपालिका भित्रका मेलमिलापकर्ताका लागि सञ्चालन भएको ४८ घण्टे आधारभूत तालिम आज सम्पन्न भएको छ ।
आज मिति २०८१ बैशाख १२ गते शहिद लखन गाउँपालिका भित्रका उद्यमशिल महिला र नागरिक सचेतना केन्द्रका पदाधिकारीहरूलाई क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरियो ।