चालु आ. व. २०८०/०८१ मा शहिद लखन गाउँपालिकाद्वारा सञ्चालन हुने बिकासका योजनाहरूको उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम वडा नं १,२,३,४ सम्पन्न गरिएको छ ।
समाचार
ग्यालरी
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरबाट पाल्नुभएका प्राध्यापक डा. शुसन आचार्य, उप प्राध्यापक डा. कमलराज देवकाेटा तथा महेन्द्ररत्न क्याम्पस ताहाचलका उप प्राध्यापक सुधा घिमिरे तथा गाउँपालिका अन्तरगतका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुसँग शैक्षिक अन्तरक्रिया कार्यक्रम गाउँपालिकाका आदरणिय अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा अधिकृत लगायतकाे उपस्थितिमा सम्पन्न भयाे। स्थान: शहिद लखन गाउँपालिकाकाे वहुउदेश्यीय सभाहल मिति: २०८०।०६।११ गते
यस शहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा मगर, प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर तथा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, लमजुंग र पर्बतका प्रमुखहरु डाक्टर शरद पन्थी र डाक्टर रामकृष्ण भुजेल लगायत स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बरालको उपस्थितीमा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राबिधिक सहयोग तथा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, गोरखाको आयोजनामा आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम संचालन भएको थियो । न्युनतम सेवा मापदण्ड (MSS) को पहिलो लेखाजोखामा ६८ अङ्क सहित गण्डकी प्रदेशमा प्रथम हुनुभएकोमा जिल्ला आयुर्बेद स्वा
मिति २०८०।०५।०३ गते यस शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठ तथा सम्पुर्ण स्वास्थ्य चौकि प्रमुखहरुको उपस्थितिमा "आ.ब. २०७९।०८० मा सम्पादीत स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समिक्षा" कार्यक्रम सपन्न गरियो ।
यस शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षतामा जिल्ला संमन्वय समिति, गोरखाका उपप्रमुख श्री लिला परियार ज्यूको प्रमुख आतिथ्यतामा मिति: २०८०।०४।३० गते गाउँपालिकाको आ. ब.
मिति २०८०।०४।२९ गते यस शहिद लखन गाउँपालिकाका प्रशासकीय प्रमुख बाबुराम मगर द्बारा सबै वडा सचिवहरुलाई र कृषि अधिकृत ऋषि रोकाद्बार वडा अन्तरगत रहेका सम्पुर्ण कृषि तथा पशु प्राविधिकहरु बिच कार्यसम्पादन कारार सम्झौता गरियो ।
मिति २०८०।०४।१५ गते बसेको कार्यपालिका बैठकमा यस शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर ज्यूद्बारा उपाध्यक्ष ईन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर र सबै कार्यपालिका सदस्यहरु तथा प्रमुख प्रशासकीय अधिकृतद्बारा सम्पुर्ण साखा प्रमुखहरु बिच कार्यसम्पादन कारार सम्झौता गरियो ।
आज मिति २०८०।०३।१९ गतेका दिन यस शहिद लखन गाउँपालिकाका प्र. प्र. अ. बाबुराम मगर, लेखा अ. सन्तोष लामिछाने र आ. ले. प. दुर्गा बिष्टको उपस्थितिमा यस शहिद लखन गाउँपालिका भित्र रहेका सबै वडाका सचिव तथा कार्यालय साहायकहरुलाई आगामि आ. व. २०८०।८१ देखि लागु हुने स्थानीय तह संचित कोष व्यवस्थापन प्रणाली ( Sutra) को राजश्व मोड्युल सम्बन्धी तालिम प्रदान गरियो।
शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर , उपाध्यक्ष इन्दिरा तिवारी, प्र.प्र.अ. बाबुराम मगर, लेखा अ. सन्तोष लामिछाने, ई. राजन रानाभाट, ई. मेघनाथ प्रसाद यादव, अ. स. ई. सहदेव गौतम तथा कोष तथा लेखा नियन्त्रक कार्यालय, गोरखाका प्रमुख महेन्द्र प्रसाद भण्डारी सहितको टोलिका साथ निम्न योजनाहरु अनुगमन गरियो ।
- शहिद लखन १५ शैया अस्पताल ( शहिद लखन-५ ,तिनमाने)
- देउराली ओयाक रानिश्वरा तिनघरे चिसापानी तिनमाने घैरुङ्ग सडक स्तरोन्नती
- शहिद लखन गाउँपालिकाको प्रशासकिय भवन
शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर , उपाध्यक्ष इन्दिरा तिवारी, वडा नं ६ र ४ का वडाध्यक्ष क्रमश दिलिप नारायण थापा, यम बहादुर थापा, प्र.प्र.अ. बाबुराम मगर, कृषि अ. ऋषि रोका तथा गाउँपालिका भित्र रहेका कृषकहरुको उपस्थितिमा यस शहिद लखन गाउँपालिका पशु सेवा शाखाको वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत दुधजन्य परिकार खुवा र पनिर बनाउने तालिमको आज मिति २०८०।०३।१४ गते उद्घाटन गरीयो ।