सहिद लखन गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रम आज मिति २०८२।०४।१६ गते गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा सम्पन्न गरियो। यस कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष श्री रमेश बाबु थापा मगरज्यूले गर्नुभएको थियो र कार्यक्रममा गोरखा जिल्ला समन्वय समितिका उपप्रमुख श्री लिला परियारज्यू प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो। साथै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री इन्दिरा तिवारीज्यू, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बाबुराम मगरज्यू, १ देखि ९ नं वडाका वडा अध्यक्षज्यूहरू, गाउँ कार्यपालिका सदस्यज्यूहरू, शिक्षा समितिका सदस्यज्यूहरू लगायत गाउँसभा सदस्यज्यूहरू