समाचार
जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, गोरखाको न्युनतम सेवा मापदण्ड (MSS) को पहिलो लेखाजोखामा ६८अङ्क ।
यस शहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा मगर, प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर तथा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, लमजुंग र पर्बतका प्रमुखहरु डाक्टर शरद पन्थी र डाक्टर रामकृष्ण भुजेल लगायत स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बरालको उपस्थितीमा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राबिधिक सहयोग तथा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, गोरखाको आयोजनामा आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम संचालन भएको थियो । न्युनतम सेवा मापदण्ड (MSS) को पहिलो लेखाजोखामा ६८ अङ्क सहित गण्डकी प्रदेशमा प्रथम हुनुभएकोमा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, गोरखा लाई हार्दिक शुभकामना व्यक्त्त चाहन्छौ । साथै आगामि दिनहरुका लागि उत्तर उत्तर प्रगतिको कामना गर्दछौ ।