समाचार
राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयम सेविका दिवस ।
मिति २०८१।०८।२० गते शहिद लखन गाउॅंपालिकाको आदरणिय अध्यक्ष श्री रमेश वावु थापा मगर ज्यूको अध्यक्षतामा , उपाध्यक्ष श्री ईन्दिरा तिवारी , वडाध्यक्ष श्री शरण श्रेष्ठ र श्री वासुदेव ढकाल ज्यूको आतिथ्यमा साथै नौ वटा स्व्स्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू र महिला सामुदायीक स्वासथ्य स्वयम सेविकाहरूको उपस्थितिमा प्रभात फेरी र हाजिरिजवाफ प्रतियेगिताको साथै अन्य रमाईलो कार्यक्रमहरूको साथ राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयम सेविका दिवस सम्पन्न गरियो ।हाजिरी जवाफ प्रतियोगीता बुङकोट स्वास्थ्य चौकी(शहिद लखन गापा-७) प्रथम, ताक्लुङ स्वास्थ्य चौकी(शहिद लखन गापा-४)दृतिय , नाम्जुङ स्वास्थ्य चौकी(शहिद लखन गापा-९) तृतिय र घैरुङ स्वास्थ्य चौकी (शहिद लखन गा. पा. ६ ) सान्त्वना स्थान हासिल गर्न सफल भएको थियो ।